Odapalika - The Fourth Estate - चौथो अंग
सेयर बजार खुलेको तीन मिनेटमै १०२ अंक बढेर सर्किट ब्रेक

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०२ अंकले बढेर २० मिनेटका लागि बन्द भएको छ । बजार खुलेको तीन मिनेटमा नै बजार ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको हो । अब बजार ११ बजेर २३ मिनेटमा खुल्नेछ ।

यस अवधिमा २१३ कम्पनीको सेयरमूल्य बढेको छ । तीन मिनेट अवधिमा २७ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र चार प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । कारोबार सुरु भएको पहिलो घण्टा (११ देखि १२ बजेको बीच)मा चार प्रतिशतले दोस्रो घण्टा (१२ देखि १ बजेको बीच)मा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटबढ भए सर्किट ब्रेक लाग्छ ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update