Odapalika - The Fourth Estate - चौथो अंग
सुरक्षा निकायलाई साढे २ सय वटा गाडी किन्न अर्थले दियो स्वीकृति

काठमाडौँ ।   अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा गाडी किन्न स्रोत सहमति दिएको छ।

जेनजी आन्दोलन क्रममा भदौ २४ गते धेरै सुरक्षा निकाय र सरकारी गाडीमाथि आगजनी र तोडफोड गरिएको थियो।

मन्त्रालय मातहतका प्रयोगका लागि थप गाडी नकिन्ने निर्णय गरे पनि सुरक्षा निकायका लागि भने अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो।

६ वटा गाडी राष्ट्रिय अनुसन्धान विभागका लागि, १७५ वटा नेपाल प्रहरीका लागि र ७० वटा सशस्त्र प्रहरीका लागि किन्न स्रोत सहमति दिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी गराए।

जेनजी प्रदर्शनपछि बनेको वर्तमान सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन तोकेको छ।

निर्वाचन र सुरक्षाका लागि आवश्यक पर्ने बजेटमा सम्झौता नहुने अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update