काठमाडौं - नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य पुनः वृद्धि गरेको छ। संघले मंगलबारदेखि लागू हुने गरी नयाँ मूल्य दर लागू गर्ने निर्णय गरेको हो।
संघका अनुसार अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाइएको छ। यससँगै ठूलो अन्डाको प्रतिक्रेट मूल्य ५०० रुपैयाँ र मध्यम अन्डाको प्रतिक्रेट मूल्य ४५० रुपैयाँ कायम गरिएको छ।
संघले चितवनलाई मूल्य निर्धारणको आधार मानेर दर तोकिएको जनाएको छ। मूल्य वृद्धि पछि उपभोक्ताले बजारमा प्रतिगोटा अन्डाको मूल्य करिब २२ रुपैयाँ तिर्नुपर्नेछ।
हालै अण्डाको उत्पादन लागत बढ्नु, कुखुराको दाना र औषधि मूल्य वृद्धिले गर्दा संघले मूल्य समायोजन गर्नुपर्ने भएको जनाएको छ। संघले किसानको उत्पादन लागत र बजार मूल्यबिच सन्तुलन कायम गर्न यो निर्णय गरिएको दाबी गरेको छ।
अघिल्लो मूल्य समायोजनपछिको छोटो अवधिमै पुनः अन्डाको मूल्य बढ्दा उपभोक्ताले भने दैनिक खर्चमा थप बोझ महसुस गर्ने देखिन्छ।





