काठमाडौं - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ अर्ब २५ करोड ५ लाख रुपैयाँको विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा २ हजार ६ सय २० युनिट विद्युतीय सवारी आयात गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १ अर्ब २६ करोड ६७ लाख रुपैयाँको ७ सय ५१ युनिट सवारी आयात भएको छ ।गत वर्षको तीन महिनामा सय किलोवाट क्षमतासम्मको ४ अर्ब १६ करोड ३४ लाख रुपैयाँको १ हजार ५ सय ८२ युनिट आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २ करोड १९ लाख रुपैयाँको १ हजार ५ सय ४५ युनिट आयात भएको छ ।
विभागका अनुसार गत आर्थिक वर्षको तीन महिनामा २ सय किलोवाटसम्मको ५३ करोड ३८ लाख रुपैयाँको १ सय ५९ युनिट सवारी आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ९५ करोड ७० लाख रुपैयाँको ३ सय २३ युनिट सवारी आयात भएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३ सय किलोवाटसम्मको सवारी आयात भने घटेको छ । गत आर्थिक वर्ष १ करोड ८४ लाख ८२ हजार रुपैयाँको ३ युनिट सवारी आयात हुँदा चालु आर्थिक वर्षको तीन महिनामा ४८ लाख ४९ हजार रुपैयाँको एक युनिट आयात भएको छ ।





