एकातिर तिहार‚ अर्कोतर्फ किसानलाई धान भित्र्याउने चटारो
बुधबार, कात्तिक ५, २०८२
नेपाली हिन्दुहरूको दोस्रो महान् चाँड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्षदिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।


