पूर्व गृहमन्त्री गुरुङको विषयमा छानबिन गर्न समिति गठन
बिहीबार, वैशाख ३१, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा परेको रिटमा भोलिका लागि पेशी
मंगलबार, वैशाख १५, २०८३
अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिट मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार रिटको सुनुवाइ भोलि (बुधबार) एकल इजलासका लागि पेशी तोकिएको छ ।
एक वर्ष कार्यकाल तोकिएको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भः विदेशमा रहेको सम्पत्ति समेत संकलन हुने
बुधबार, वैशाख ९, २०८३
आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएका थिए ।
४६ पछि सार्वजनिक पदमा आसीनको सम्पत्ति छानबिन‚ भ्रष्टाचारसम्बन्धी सूचना दिने व्यक्तिलाई सुरक्षा र प्रोत्साहन
मंगलबार, वैशाख १, २०८३
'संवत् २०४६ पछि सार्वजनिक पदमा आसीन व्यक्तिको सम्पत्ति पारदर्शी र कानूनी प्रकृयाअनुसार छानबिन गरिनेछ । संवैधानिक निकायहरूको संस्थागत सुदृढीकरणका साथै मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको परिभाषा गरिनेछ । भ्रष्टाचारसम्बन्धी सूचना दिनेलाई संरक्षण तथा प्रोत्साहन गर्न सूचक संरक्षणसम्बन्धी कानूनका साथै स्वार्थको द्वन्द्वसम्बन्धी कानून निर्माण गरिनेछ,' राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा भनिएको छ, 'राजनैतिक नेतृत्व...


