यस्ता छन् सरकारले बजेटबारे प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकता

काठमाडौं - सरकारले आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसद्‌मा पेस गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उनले सुशासनको लाभांस, अर्थतन्त्रको पुनर्संरचना, सर्वाव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरणलाई आगामी बजेटका पाँच सिद्धान्त भनेका छन् । 

यस्तै, सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना–प्रविधिको समुपयोग, आर्थिक वृद्धिका क्षेत्रगत स्रोतहरूको पुनः प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षी पुँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरणलाई पाँच प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  २१:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update