कैलाश गाउँपालिकाको ५५ करोड ८४ लाख बजेट, कुन शीर्षकमा कति खर्च ?

 

काठमाडौँ । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

असार १० गते बसेको १८ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बजेट पेश गरेका हुन् ।

विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ २ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धिततर्फ ७५ लाख ५४ हजार, पूर्वाधारतर्फ  १५ करोड ७० लाख, सामाजिक विकासतर्फ २४ करोड ८९ लाख १५ हजार, वातावरण तथा विपद्तर्फ ४३ लाख र गाउँपालिका प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

बजेटको खर्च व्यहोर्ने स्रोततर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरणमा ९ करोड ८९ लाख, सशर्त अनुदानमा १९ करोड २५ लाख, राजश्व बाँडफाँटमा १० करोड ३ लाख ९१ हजार, समपूरक अनुदानमा २ करोड ५९ लाख, विशेष अनुदानमा एक करोड गरी ४२ करोड ७६ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, प्रदेशतर्फ  वित्तीय समानीकरणमा ८१ लाख ९८ हजार, सशर्त अनुदानमा एक करोड ३२ लाख ७९ हजार, राजश्व बाँडफाँटमा ३ करोड ८२ लाख ४४ हजार, समपूरक अनुदानमा २ करोड ८० लाख, विशेष अनुदानमा ७० लाख गरी ९ करोड ४७ लाख २१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाले ३ करोड ६० लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।

गाउँसभाका अध्यक्ष लोकबहादुर मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update