Odapalika - The Fourth Estate - चौथो अंग
पहिलो त्रैमासमा ५ खर्ब भन्दा बढीको अन्तर्राष्ट्रिय व्यापार
फाइल तस्बिर

काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास अर्थात् साउन देखि असोज महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । यो अवधीमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यो आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

आयात–निर्यात दुवै बढे पनि निर्यातको उच्च वृद्धि दरका कारण व्यापार घाटाको वृद्धिदर केही नियन्त्रणमा आएको छ । यस वर्ष असोजसम्म ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update