Odapalika - The Fourth Estate - चौथो अंग
सिंगटी हाइड्रोले गर्‍यो लाभांश घोषणा 

काठमाडौं - सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update