काठमाडौं- १५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनले भने, ‘चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ।’
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ २०:१०
प्रतिक्रिया दिनुहोस्







