काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूले विशेष महाधिवेशन नभइ नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
सोमबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाइसकेको अवस्थामा विशेष महाधिवेशनमा लाग्न नहुने बताएका हुन् ।
कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापासहित ३७ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै यतिबेला विशेष महाधिवेशनमा जान नहुने बताएका छन् । वैशाख २८ देखि ३१ गतेका लागि घोषणा गरिएको महाधिवेशन सफल बनाउनेतर्फ लाग्न उनीहरूले ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०८२ २१:३१
प्रतिक्रिया दिनुहोस्





