Odapalika - The Fourth Estate - चौथो अंग
भारतको झारखण्डमा हात्तीको वितण्डा, नौ दिनमा लियो २० जनाको ज्यान


काठमाडौं । भारतको झारखण्ड राज्यमा जंगली हात्तीको आक्रमणमा परी पछिल्लो नौ दिनभित्र २० जनाको ज्यान लिएको छ ।

आक्रमणमा ज्यान गुमाउनेहरूमा बालबालिका र वृद्धवृद्धा छन् । एकजना माहुतेको पनि मृत्यु भएको छ । १५ जना घाइते भएका बताइएको छ । 

समाचार एजेन्सी एएफपीका अनुसार, यो हात्ती यही जनवरीदेखि नै हिंस्रक बनेको छ । जसले गर्दा सिंहभूम जिल्लावासीमा त्रास सिर्जना गरेको छ । 

वन विभागका कर्मचारीहरू यस्तो हात्तीको खोजी गरिरहेका बताएका छन् । वन विभागका अधिकारी आदित्य नारायणले भनेका छन्, “हामी उक्त हात्तीलाई खोजेर उद्धार गर्ने प्रयास गरिरहेका छौँ ।”

हात्तीलाई खोज्नका लागि ड्रोनको प्रयोग भइरहेको भएपनि अहिलेसम्म अधिकारीहरूले यसलाई नियन्त्रणमा लिन नसकेको बताइएको छ ।

संसदीय तथ्यांकअनुसार, सन् २०२३–२४ को अवधिमा भारतमा हात्तीको आक्रमणमा ६२९ जनाले ज्यान गुमाएका थिए । 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update