काठमाडौँ । सर्वाेच्च अदालतले नेपाली कांग्रेसको विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यससँगै थापालाई कांग्रेसका सभापतिमा कामकाज गर्न सहज भएको छ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोग विरुद्ध सर्वाेच्चमा रिट हालेको थियो । यस्तै, रिटमा निर्वाचन कार्यक्रम रोक्न माग गरिएको थियो । सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन कार्यक्रम नरोकिने भएको छ । यद्यपि, आज देशव्यापी रुपमा उम्मेदवारी दर्ता चलिरहेको छ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्दैछ ।







