काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
नेपाल आयल निगमका अनुसार डिजेल र मट्टितेलको भाउ बढेको हो । आइतबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको निगमले जनाएको हो ।
निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२ २०:२८
प्रतिक्रिया दिनुहोस्







