गौरीबहादुर कार्कीको घर आसपासमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उच्च सुरक्षा निगरानी

काठमाडौं - जेनजी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीको भक्तपुरस्थित घर उच्च सुरक्षा निगरानीमा राखिएको छ।

उनले नै दिएको प्रतिवेदनका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निगरानी बढाइएको हो । 

उक्त घर आसपास सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जिल्ला प्रहरी परिसर भक्तपुर, सादा पोशाकका प्रहरी टोली, अपराध महाशाखा तथा विशेष ब्युरोका टोली परिचालन गरिएको छ।

घर वरपर निगरानी कडा बनाइएको छ भने आवतजावतमा समेत सूक्ष्म अनुगमन भइरहेको बताइएको छ। सुरक्षा निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था सुदृढ गरिएको जनाएका छन्।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update