बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

 

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घर र कार्यालयहरुमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।

विभागले काठमाडौंको नक्साल र सुन्धारामा रहेका कार्यालय तथा हेटौंडामा रहेको घर र कार्यालयमा छापा मारेको हो ।

बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दल नेता तथा मुख्यमन्त्री छन्।

 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update