भैरवी गाउँपालिकाका विद्यालयको अन्तिम लेखापरीक्षणका लागि निवेदन आह्वान

 

काठमाडौँ । दैलेख जिल्लाको भैरवी गाउँपालिकाले गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरूको लेखापरीक्षणको लागि निवेदन आव्हान गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखापरीक्षण गर्न लेखापरीक्षकका लागि निवेदन आह्वान गरेको हो ।

गाउँपालिकाको शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५४ बमोजिम रजिष्टर्ड लेखापरीक्षकबाट लेखापरीक्षण कार्य गराउन लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेश जंग कार्कीले जानकारी दिए । 

इच्छुक तथा योग्य लेखापरीक्षकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन पेश गर्नुपर्नेछ।

निवेदनसँग सम्बन्धित संस्थाको लागि निवेदन, लेखा व्यवसायी दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजात पेश गर्नुपर्नेछ।

त्यस्तै, निवेदन दस्तुर १ हजार रुपैयाँ तोकिएको छ। गाउँपालिकाले तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न इच्छुक लेखापरीक्षकलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update