दैलेख । दैलेखको भैरवी गाउँपालिकामा बसोवास गर्दै आएका लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको टोलीले गाउँपालिका वडा नं २ रावतकोटमा रहेका राउटे समुदायलाई गाउँमा पुगेर दाल, चामल, पाल, कपडा, कम्मललगायतका राहत सामग्री वितरण गरेको हो ।
प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवश राई, स्थानीय जनप्रतिनिधिहरू, कर्णाली प्रदेश मुख्य सचिव खगेन्द्र पुन, जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्साल, भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत राहत वितरणका लागि गाउँ पुगेका थिए ।
राउटे समुदाय संकटबाट गुज्रिरहेको जानकारी पाएपछि राहत सामग्री लिएर टोली भैरवी पुगेको हो । भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिकामा बसोबास गरिरहेका र संकटबाट गुज्रिरहेका राउटे समुदायलाई दैनिक जीवन सहजीकरणका लागि सहयोग गर्ने प्रतिष्ठानलाई धन्यवाद दिइन् ।
1696502559.jpg)
1696502561.jpg)
1696502559.jpg)
1696502558.jpg)







