
काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय र प्रदेश सरकारले स्थानीय तहहरुलाई दिने विभिन्न अनुदान रकमका बारेमा गृहकार्य जारी छ ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिसमा संघीय र प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान निर्धारण गर्ने गरिन्छ । यो आयोगले संघले प्रदेशलाई दिने अनुदानको रकम समेत प्रस्ताव गर्छ ।
गत ५ बैशाखमा राष्ट्रिय प्राृकतिक श्रोत तथा वित्त आयोगले प्रदेश सरकारले मातहतका स्थानीय तहमा दिने वित्तीय समानीकरण अनुदानको रकम सिफारिस गरेको छ ।
यसरी रकम सिफारिस गर्दा वहालवाला, निवर्तमान र भावी प्रधानमन्त्रीको स्थानीय तहले चाँही कति रकम पाए होलानभन्ने खुल्दुली तपाईलाई लाग्नसक्छ ।
यो समाचारमा हामी निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भावी प्रभानमन्त्री शेरबहादुर देउवाको पालिकामा प्रदेश सरकारले कति रकम अनुदान दिन सिफारिस गरेको छ भनेर चर्चा गछौँ ।
निवर्तमान र वर्तमान प्रधानमन्त्री तय हुने भएकाले यो आलेखमा प्रचण्ड र ओलीको पालिकाको चर्चा हुनेछ । तर संसदबाट प्रधानमन्त्री चुनिने प्रणालीमा भावी प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई कसरी ठोकुवा गरेको भनेर प्रश्न उठाउने ठाउँ छन् ।
मंगलवारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १५ महिनापछि शेरबहादुर देउवालाई प्रधानमन्त्री पद छाड्न आफुले राजीनामा दिने घोषणा गरेका छन् । उनले यसअघि पनि पटक पटक यस्तो दाबी गरेका कारण देउवालाई भावी प्रधानमन्त्रीका रुपमा उल्लेख गरिएको हो ।
अब लागौँ प्रधानमन्त्री ओलीको पालिका कुन हो र उनले कति पाए भन्ने विषममा ।
प्रधानमन्त्री ओलीको स्थायी घर भक्तपुरको सूर्यबिनायक नगरपाकिलामा पर्छ । उनको घरजग्गा भद्रपुर नगरपालिकामा छ । उनका बाबु दमक नगरपालिकामा बस्छन् ।
उनको सूर्यबिनायक नगरपालिकामा १ रोपनी जग्गामा घर छ । उनले २०७५ सालमा बुझाएको सम्पत्ति विवरणमा भद्रपुर नगरपालिकाको पृथ्वीनगरमा पत्नी राधिकाको नाममा १० कठ्ठा जग्गा छ भनिएको छ । बुबा बस्ने भएकाले धेरैले उनलाई दमकका स्थायी बासिन्दा भन्छन् । तर उनले औपचारिक रुपमा वुझाएको सम्पत्ति विवरणमा दमक नगरपालिका कतै उल्लेख छ्रैन ।
त्यही भएर हाल स्थायी बसोबास गरिरहेको सूर्यबिनायक नगरपालिकाले कति अनुदान पाउने भयो भनेर उल्लेख गरेका छौँ ।
यो नगरपालिकाले प्रदेश सरकारबाट पाउने न्युनतम अनुदान २३ लाख ७० हजार, सुत्रमा आधारित अनुदान १ करोड ८० लाख ८१ र कार्यसम्पादनमा आधारित अनुदान ६ लाख ४९ हजार गरी २ करोड ११ लाख रुपैयाँ दिन प्रस्ताव गरिएको छ ।
अब लागौँ भावी प्रधानमन्त्री शेरबहादुर देउवाको पालिका कुन हो र उनले कति पाए भन्ने विषममा ।
भावी प्रधानमन्त्रीका रुपमा वर्तमान प्रधानमनत्रीले पटक पटक चिनाउका कांग्रेस सभापति शेरबहादुर देउवाको स्थायी घर डडेलधुराको गन्यापधुरा गाउँपालिका हो ।
उनी हाल बुढानिलकण्ठ नगरपालिकामा बस्छन् । तर उनी निर्वाचनमा भने गृहजिल्ला डडेलधुराबाटै प्रतिस्पर्धा गर्छन् । त्यसआधारमा हामीले गन्यापधुरालाई नै देउवाको स्थायी ठेगाना मानेका छौँ ।
देउवाको जन्मस्थल गन्यापधुरा गाउँपालिकालाई प्रदेश सरकारले दिने बित्तीय समानीकरण अनुदान वापत जम्मा ६७ लाख ४९ हजार दिन सिफारिस गरिएको छ ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिस अनुसार प्रदेश सरकारले दिने यो अनुदानमध्ये न्युनतम अनुदान १५ लाख ५५ हजार, सुत्रमा आधारित अनुदान ४७ लाख ५३ हजार र कार्यसम्पादनमा आधारित अनुदान ४ लाख ४१ गरी ६७ लाख ४९ हजार रुपैयाँ दिन प्रस्ताव छ ।
अब लागौँ निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालिका कुन हो र उनले कति पाए भन्ने विषममा ।
कास्कीको ढिकुरपोखरीमा जनिमएका प्रचण्डको घर चितवनको भरतपुर महानगरपालिकामा छ । उनले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा घर बनाए पनि हाल चर्चित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको ललितपुर खुमल्टारस्थित घरमा डेरामा बस्छन् ।
उनको घरजग्गा भरतपुरमहानगरपालिकामा भएका कारण हामीले उनको स्थायी ठेगाना भरतपुर महानगरलाई नै मानेका छौँ ।
भरतपुर महानगरपालिकाले न्युनतम अनुदानबापत ३७ लाख ५० रुपैयाँ, सुत्रमा आधारित अनुदानबापत ४ करोड २१ लाख ७५ रुपैयाँ र कार्यसम्पादनमा आधारित अनुदान वापत ६ लाख ९९ गरी ४ करोड ६६ लाख ६ हजार रुपैयाँ पाउने प्रस्ताव गरिएको छ ।