ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ बनाइने नेता बस्नेतको घोषणा 
महेश बस्नेतको फेसवुकबाट

काठमाडौं - पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओलीकुटी’ निर्माण गरिने भएको छ। पूर्व मन्त्री तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेतले गुण्डुमा पार्टी अध्यक्ष ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ निर्माण गर्ने बताएका हुन् ।

तिहारको भाइटीकाको दिन आज सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले गुण्डुका स्थानीयको पहलमा ओली कुटी निर्माण हुन लागेको बताएका छन् । ‘ओलीकुटी’ निर्माणको संयोजक बस्नेत रहेका छन् । 

‘ओलीकुटी कस्तो देखिन सक्छ? भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ। देशभरबाट सुझाव र समर्थन आउदैछ्’, बस्नेतले लेखेका छन् । गत भदौको जेन्जी आन्दोलनमा ओलीको बालकोटमा रहेको घर प्रदर्शनकारीले जलाएका थिए । त्यसपछि ओली गुण्डुमा बस्दै आएका छन् । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update