Odapalika - The Fourth Estate - चौथो अंग
कार्की मन्त्रिपरिषदमा थपिदै ४ मन्त्री, को हुन उनीहरु ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरी ४ नयाँ मन्त्री थप गर्न लागेक छन् । 

वर्तमान मन्त्रिपरिषद्मा  चार जना नयाँ मन्त्री थपिने भएका छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसमक्ष नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरिसकेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् ।

उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । 

नयाँ मन्त्रीको पृष्ठभूमि

डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्वसचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।

गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा संरक्षणमा भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे गणपतिले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् ।

खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै उनले नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए ।

बब्लु गुप्ता सामाजिक कार्यक्रममा सक्रिय छन् । उनले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि उनले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update