
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई स्नातक तहमा दिदै आएको छात्रवृत्तिका लागि प्रारम्भिक चरणको नतिजा सार्वजनिक गरेको छ ।
सरकारले निजामती कर्मचारीका सन्तानलाई हरेक वर्ष स्नातक तह अध्ययन गर्न शैक्षिक प्रोत्साहन वृत्ति प्रदान गर्दै आएको छ । यो वृत्तिका लागि देशभरबाट आवेदन दिएका मध्ये ६४२ जनाको प्रारम्भिक सूची सार्वजनकि गरेको मन्त्रालयको भनाइ छ ।
चिकित्साशास्त्रदेखि व्यवस्थापनसम्मका विषय पढ्न सरकारले कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति दिदै आएको छ ।
यी हुन् वृत्तिका लागि प्रारम्भिक छनोटमा परेकाहरु
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्