Odapalika - The Fourth Estate - चौथो अंग
गुण्डु पुगेर आयोगले लियो ओलीको 'लिखित स्टेटमेन्ट'

काठमाडौं- भदौ २३–२४ को घटना सम्बन्धमा जाँचबुझ गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'बयान' लिएको छ ।

ओलीको निवास भक्तपुरको गुण्डुमा पुगेको टोली ओलीको 'लिखित स्टेटमेन्ट' लिएर फर्किएको हो । ‘गुण्डुबाट स्टेटमेन्ट लिएर आयौं,’ आयोगका प्रवक्ता विज्ञानराज शर्माले भने ।

आयोगले तयार गरेको २२ वटा लिखित प्रश्न सम्बन्धमा उत्तर जवाफ लिएर आएको आयोग स्रोतले बतायो । अध्यक्ष कार्की र सदस्य शर्मा आयोगको पत्र लिएर ओलीको घरमै गएका थिए ।

यसअघि ओलीले बयान दिन आयोगमा नजाने, तर आयोगका सदस्य आए चिया खुवाएर पठाउने बताएका थिए । ओलीले भदौ २३ को घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री दुवैले बल प्रयोग गर्न आदेश नदिएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update