Odapalika - The Fourth Estate - चौथो अंग
चुनावको मुखैमा बढ्दो मागबीच बिदामा पनि राहदानी सेवा खुलै रहने 

काठमाडौं । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायत कामका लागि विभाग खुला रहने जनाएको छ ।

सरकारले आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । 

विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम संकलन हुने जनाएको छ । 

अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ । देशभर अहिले चुनावको माहोल छ । चुनावको मुखैमा वैदेशिक रोजगारीमा जानका लागि ७० हजार भन्दा बढीले त श्रम स्वीकृति नै लिइरहेका छन् । यो संख्या अझै थपिनेक्रममा रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update