Odapalika - The Fourth Estate - चौथो अंग
अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिए

काठमाडौं । अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनई मारिएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनेई एनबीसी न्यूजलाई भनेका छन्, “हामीलाई लाग्छ कि त्यो खबर सही हो ।”

ट्रम्पले अमेरिका र इजरायली आक्रमणमा इरानका धेरै नेतृत्व तहका व्यक्तिहरू मारिएको समेत दाबी गरेका छन् । 

ट्रम्पले अमेरिका र इजरायली आक्रमणमा इरानका धेरै नेतृत्व तहका व्यक्तिहरू मारिएको आफूले विश्वास गरेको बताएका छन् ।

उनले इरानको अधिकांश वरिष्ठ नेतृत्व अब समाप्त भइसकेको बताउँदै भनेका छन्, “निर्णय गर्ने क्षमता राख्ने मानिसहरूमध्ये धेरैजसो मारिएका छन् ।”

साथै, इरानमा जारी सैन्य अभियानपछि तनाव कम गर्न धेरै आफूसँग धेरै विकल्प रहेको पनि दाबी गरेका छन् ।

उनले यस हप्ता आणविक वार्तामा कुनै प्रगति हुन नसकेका कारण अन्ततः आक्रमणको अनुमति दिने निर्णय गरेको बताए । ट्रम्पले भनेका छन्, “इरानीहरू सम्झौताका नजिक आए र फेरि पछि हटे, नजिक आए र फेरि पछि हटे । त्यसबाट मैले बुझेँ कि उनीहरू वास्तवमा कुनै सम्झौता चाहँदैनन् ।”

बीबीसीका अनुसार, खामेनेईको मृत्युपछि तेहरानका विभिन्न टोलमा मानिसले खुसीयाली मनाइरहेका छन् ।

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका सर्वोच्च नेता अब नरहेको बताएका थिए ।

आयतोल्लाह खामेनेई को हुन् ?

सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत खामेनेई देशका सबैभन्दा शक्तिशाली व्यक्तित्व हुन् ।उनी राष्ट्राध्यक्ष तथा सशस्त्र बलका सर्वोच्च कमान्डर हुन् । उनीसँग राष्ट्रिय प्रहरी र ‘नैतिकता प्रहरी’माथि पनि पूर्ण अधिकार छ । खामेनेईले इरानको आन्तरिक सुरक्षाको जिम्मेवारी सम्हालेको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र यसको स्वयंसेवी शाखा ‘बसिज रेसिस्टेन्स फोर्स’ लाई नियन्त्रण गर्छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update