बहराइनस्थित नेपाली दूतावास संवेदनशील स्थानमा, 'राजदूत निवास'बाट काम

काठमाडौं । बहराइनस्थित नेपाली दूतावास रहेको स्थान संवेदनशील क्षेत्रमा रहेका कारण दूतावासको सम्पूर्ण कार्य राजदूत निवासबाट भइरहेको छ । परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमा आयोजना गरी सो जानकारी दिएको हो । 

इरानले बहराइनमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण गरेका कारण नेपाली दूतावासको काम राजदूत निवासबाट गर्नुपरेको बताइएको छ । 

“युद्धबाट बहराइन बढी प्रभावित मुलुक हो । नेपाली दूतावास संवेदनशील क्षेत्रमा भएको हुँदा दूतावासको काम राजदूत निवासबाट भइरहेको छ । दूतावासबाट एक किलोमिटर पर मात्र अमेरिकी एयर बेस रहेको हुँदा, राजदूत निवासबाट काम भइरहेको हो । सबै कर्मचारी राजदूत निवासबाट काम गरिरहेका छन्,” परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले बताए ।

बहराइनको विभिन्न सेल्टरमा दुई हजार ६०० जना रहेको जानकारी उनले दिए । तीमध्ये चार नेपाली रहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  ०६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update