घ्याङलेखको हुलाकले एक महिना दुईटा चिठी पठायो, २४० वटा टिकट बेच्यो

 

काठमाडौँ । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका, हायुटारमा रहेको हुलाक कार्यालयले गत फागुन महिनामा सम्पादन गरेका कार्य विवरण सार्वजनिक गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा २ वटा साधारण चिठी तथा पत्रपत्रिका चलान गरेको छ भने २४० वटा हुलाक टिकट विक्री गरेको छ ।

कार्यालयका अनुसार फागुन महिनामा ९ वटा रजिष्टरी पत्र दर्ता भएको छ भने १० रजिष्टरी पत्र अन्य हुलाकबाट आयात भएको छ । यस्तै, १९ वटा रजिष्टरी पत्र अन्य हुलाकलाई चलान गरिएको र २ वटा साधारण चिठीपत्र तथा पत्रपत्रिका आयात भएको छ ।

ghyangkhola-hulak-fagun-1773643281.jpg

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update