काठमाडौं – इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।
मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो। ‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ। मोर्बिडेली ‘T502x’ मूल्य १३ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यसैगरी ‘F352’ र ‘T352x’ मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तथा ‘T1002vx’ मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ र ‘c252V’ को मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।
साथै, काठमाडौंको नक्सालमा नयाँ शोरूम सञ्चालनमा आएको छ, जहाँ ग्राहकहरूले प्रिमियम मोटरसाइकलको अनुभव लिन सक्नेछन्। ग्राहक सेवालाई ध्यानमा राख्दै कम्पनीले हाल तिनकुनेमा सर्भिस सेन्टर सुविधा प्रदान गरिरहेको छ भने निकट भविष्यमा उत्तरढोकामा थप सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको छ।
प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि परिचित मोर्बिडेलीले नेपाली बजारमा उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।
करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको छ । यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘Ather’ लाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ ।







