प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक‚कस्को कति?
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार विज्ञप्तिमार्फत् मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको हो ।
सरकार बनेको १७ दिनमै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सरकार बनेको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
तर, यसअघिको सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक भएको थिएन ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०८२ २०:०८
प्रतिक्रिया दिनुहोस्






