कहाँ–कहाँ परिरहेको छ पानी ?
काठमाडौं । देशका केही स्थानमा मंगलबार बिहानैदेखि पानी परिरहेको छ । वाग्मती प्रदेशसहितका भूभागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
"हाल गण्डकी प्रदेशका केही ठाउँमा तथा कर्णाली, वागमती र कोसी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्मको पानी परिरहेको छ," विभागले सूचना जारी गर्दै भनेको छ ।
उक्त प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको छ । आसपासको क्षेत्रमा थप पानी पर्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३ ०७:१६
प्रतिक्रिया दिनुहोस्






