एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ I यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ । 

मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो । 

नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र उपाध्यक्ष कमल कुमारी लिम्बूले मङ्गलबार संयुक्त रूपमा उद्घाटन गर्नुभयो । त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update