अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्ध छिटो समाप्त हुने बताएका छन् । उनले इरान सम्झौता गर्न चाहेको र अमेरिकाले कुनै हालतमा परमाणु हतियार निर्माण गर्न नदिने बताएका छन् ।
ह्वाइट हाउसमा सांसदको एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी यो युद्धलाई छिट्टै समाप्त गर्न गइरहेका छौं । इरान थाकिसकेको छ र सम्झौता गर्न चाहन्छ ।’
ट्रम्पले इरान अझै पनि परमाणु हतियार निर्माण गर्ने योजनामा रहेको भन्दै उनले कुनै हालतमा अमेरिकाले परमाणु हतियार बनाउन नदिने बताए ।
अमेरिकी सिनेटमा इरानविरुद्धको युद्ध रोक्ने सम्बन्धी वार पावर रिजोल्युसन अघि बढाएका बेला उनको यो भनाई बाहिर आएको हो ।
रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा मंगलबार सो प्रस्ताव अघि बढाउने पक्षमा मत परेको छ । जसमा कंग्रेसको स्पष्ट अनुमति बिना राष्ट्रपतिले इरानविरुद्धको यु जारी राख्न पाउँदैनन् ।






