विश्वको सर्वोच्च शिखर सगरमाथामा एकै दिन सबैभन्दा धेरै पर्वतारोही पुग्ने रेकर्ड बनेको छ ।
बिहीबार एकै दिन २७४ जना पर्वतारोहीले सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । यो सगरमाथाको दक्षिणी मोहोडा अर्थात् नेपालबाट सगरमाथाको शिखरमा एकै दिन धेरै पर्वतारोहीले पाइला टेकेको पहिलो घटना हो ।
यसअघि २२ मे, २०१९ मा २२३ जना पर्वतारोहीले एकैदिन सगरमाथाको सफल आरोहण गरेका थिए ।
यो सिजन लामो समयसम्म बाटो बन्द भएका कारण बेस क्याम्पमा पर्वतारोहीको ठूलो भीड जम्मा भएको थियो ।
सोही कारण १३ मेमा मात्रै सगरमाथा आरोहण खुला भएको थियो । नेपाल सरकारले यो वर्ष ५ सयभन्दा बढी पर्वतारोहीलाई आरोहण अनुमति प्रदान गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३ ०६:४८
प्रतिक्रिया दिनुहोस्






