युद्धविरामबीच अमेरिकाद्वारा इरानमाथि आक्रमण

अमेरिका र इरानबीच युद्धविरामलाई स्थायी शान्तिमा बदल्न वार्ता चलिरहेका बेला अमेरिकाले इरानमाथि हमला गरेको छ ।

अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिच्छ्याइरहेका बेला बोटहरुलाई निशाना बनाएको दाबी गरेको छ । योसँगै बन्दर अब्बास पोर्ट नजिकै सरफेस टु एयर मिसाइल क्षेत्रमा पनि हमला भएको छ । 

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) आत्मरक्षाका लागि कारबाही गरिएको दाबी गरेको छ । सेन्टकमका प्रवक्ता टिमोथी हकिन्सले अमेरिकी सैनिक र युद्धपोतलाई खतराबाट बचाउनका लागि हमला गर्नुपरेको दाबी गरेका छन् ।

अमेरिकी सेनाले बारुदी सुरुङ बिच्छ्याउदा अन्तर्राष्ट्रिय जहाज र अमेरिकी युद्धपोतलाई खतरा हुनसक्ने बताएको छ ।

यद्यपि हकिन्सले युद्धविराम भएका कारण अमेरिकी सेनाले संयम अपनाएको उल्लेख गरेका छन् । विशेषज्ञहरुले अमेरिकी हमलाले इरानसँग जारी वार्तामा रोकावट पैदा गर्नसक्ने चिन्ता व्यक्त गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  ०७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update