काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र परोपकारको सन्देश बोकेको बकर इद (इद–उल–अजहा)ले धार्मिक तथा सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन्।
इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद (इद–उल–अजहा)का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले आपसी एकता, भ्रातृत्व र सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।
अध्यक्ष दाहालले नेपालको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतासहितको राष्ट्रका रूपमा परिभाषित गरेको उल्लेख गर्दै विविधताबीचको एकता राष्ट्रिय शक्ति र सभ्यताको पहिचान भएको बताएका छन्।
'यस्ता पर्वले नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहअस्तित्वको संस्कृतिलाई अझ सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिएको छु', शुभकामना सन्देशमा उनले उल्लेख गरेमा छन्।






