जुम्लाका सरकारी तथा गैरसरकारी कार्यालयलाई इन्डक्सन चुलो वितरण गरिने, आवेदन खुला

जुम्ला । जुम्ला जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरूमा स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्ने उद्देश्यले इन्डक्सन चुलो वितरण गरिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र  र ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रम ले संयुक्त रूपमा यो कार्यक्रम अघि बढाएका हुन्।

जुम्लाको पातारासी गाउँपालिका वडा नं. १ स्थित चुकेनी खोला साना जलविद्युत आयोजना र तातोपानी गाउँपालिका वडा नं. ४ स्थित गिरी खोला साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको अधिकतम उपयोग गर्ने लक्ष्यका साथ यो कदम चालिएको हो।

जेठ २५ गतेभित्र आवेदन दिइसक्नुपर्ने

इन्डक्सन चुलो प्राप्त गर्न इच्छुक जुम्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरूले आवश्यक कागजातसहित २०८३ साल जेठ १३ गतेदेखि जेठ २५ गतेभित्र चन्दननाथ नगरपालिका वडा नं। ६, छिनास्थित क्लस्टर कार्यालयमा आवेदन पेस गर्न सक्नेछन्।

आवश्यक पर्ने मुख्य कागजातहरू 

सम्बन्धित कार्यालयको आधिकारिक आवेदन पत्र (१ प्रति)

इन्डक्सन चुलो माग फाराम (१ प्रति)

कार्यालयमा दैनिक खाना खाने कर्मचारी वा सेवाग्राहीहरूको विवरण

कार्यालय प्रमुखको नागरिकता वा परिचयपत्रको प्रतिलिपि

हाल प्रयोग भइरहेको इन्धन ९एलपी ग्यास, दाउरा आदि० को संक्षिप्त विवरण

विद्युत जडान तथा प्रयोगको व्यवस्था भएको प्रतिबद्धता पत्र

प्राथमिकता कसले पाउनेर?

कार्यक्रमले सबै कार्यालयहरूलाई समेट्ने प्रयास गरे पनि विशेषगरी देहायका कार्यालयहरूलाई प्राथमिकता दिने जनाएको छ

दैनिक रूपमा सामूहिक खाना पकाउने आवासीय सुविधा भएका कार्यालयहरू।

छात्रावास, पोषण पुनस्थापना केन्द्र, सुरक्षा निकाय तथा आवासीय संस्थाहरू।

विद्युत पहुँच भएका तर हाल खाना पकाउन एलपी ग्यास वा दाउरामा निर्भर रहेका कार्यालयहरू।

थप जानकारीका लागि चन्दननाथ;:६, छिनास्थित क्लस्टर कार्यालय वा ९८६६२६०११२, ९८६०२१८९१७ र ९८४८३००४०१ मा सम्पर्क गर्न सकिने राष्ट्रिय कार्यक्रम व्यवस्थापक सतिश गौतमले जानकारी दिनुभएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update