इरानले भन्यो, –न युद्धबाट पछि हट्छौं, न वार्ताबाट, धम्कीसँग डराउँदैनौं

एजेन्सी। इरानका राष्ट्रपति मसूद पेजेशकियानले आफ्नो देशको सबैभन्दा ठूलो प्राथमिकता राष्ट्रिय सुरक्षा र शान्ति भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले इरानले आफ्नो सुरक्षा बलियो रुपमा गर्ने भन्दै कसैको धम्कीबाट पछि नहट्ने बताएका छन् । 

पेजेशकियानले देशको शक्ति रक्षामा मात्रै नभई वार्तामा पनि भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘इरानले न आफ्नो रक्षाको तयारी छाडेको छ, न वार्ताको बाटो नै बन्द गरेको छ ।’ 

यसअघि इरानले चेतावनी दिँदै इजरायलले आफ्नो कारबाही जारी राखेमा वा फेरि दक्षिणी लेबनानमा हमला गरेमा यसअघिको भन्दा केही शक्तिशाली जवाफ दिने बताएको थियो । 

अमेरिका र इराबीच जारी वार्ता जुनको अन्त्यसम्ममा कुनै न कुनै नतिजामा पुग्नसक्ने बताइएको छ । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावानीले दुई देशबीच वार्ता जारी रहेको र समाधानसम्म पुग्ने कोशिस भइरहेको बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ०८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update