दुप्चेश्वर गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा

 

काठमाडौँ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले दिएको जानकारी अनुसार सो गाउँपालिकाका सबै वडाहरु अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भइसकेका छन् । सबै वडाहरु अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भइसकेकोले अब पूरै गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा गर्न लागिएको हो ।

गाउँपालिकालाई नै अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा गर्नको लागि गाउँपालिकाले औपचारिक कार्यक्रम कै आयोजना गरेको छ । असार १ गते गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा गरिएको हो ।

 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update