विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबर

काठमाडौं। फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ ।
 
अमेरिकाको एटलान्ट स्टेडियममा भएको समूह ‘ए’ को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

खेलको छैटौं मिनेटमा चेक रिपब्लिकका मिचेल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३औं मिनेटमा पेनाल्टीमार्फत दक्षिण कोरियाले एक गोल फर्कायो । खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । 

सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे ।

यो बराबरीले दुवै टाेलीले समूहमा १–१ अंक जाेडेका छन्। पहिलाे खेलमा चेक रिपब्लिक दक्षिण कोरियासँग र दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएका थिए।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update