अमेरिका विश्वकपको नकआउट चरण प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ ।

अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दै अमेरिका नकआउट चरण प्रवेश गरेको हो ।

विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो । 

अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गर्यो। खेल सुरुवाती ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता दिलाए । 

अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त गर्यो ।

त्यसपछि खेलको ४३औं मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः अमेरिकाले अष्ट्रेलियामाथि २–० गोलअन्तरको जित निकाल्यो । 

यो जितसँगै समूह ‘डी’ मा रहेको अमेरिकाले २ खेलबाट ६ अंक जोडेको छ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update