विश्वकप फुटबल : साउदीमाथि स्पेनको शानदार जित

काठमाडौं। फिफा विश्वकप फुटबल अन्तर्गत समुह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियामथि शानदार जित निकालेको छ । 

एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । 

स्पेनले खेलको पहिलो हाफमा तीन गोल गर्दा दोस्रो हाफमा एक गोल उपहार पायाे । 

खेलको १०औं मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए । 

त्यसपछि खेलको २१ औं मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । 

त्यसको तीन मिनेटपछि नै उनले नै तेस्रो गोल गरेपछि स्पेन ३–० ले अघि बढेको थियो। 

खेलको ४९ औ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती गोल गरे । त्यसपछि खेलमा दुवै टोलीबाट गोल हुन सकेन र खेल स्पेनले ४–० गोलले जित्यो। 

जितसँगै स्पेन दुई  खेलबाट ४ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिदै नकआउट चरणमा पुग्ने सम्भवना बलियो बनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update