अनैतिक गतिविधिमा संलग्न २४  जना पक्राउ

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको  छ । 

विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन् ।

नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए।
 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update