काठमाडौं। विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
योसँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औं मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६२ औं मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । योसँगै जापान ५ र स्वीडेन ४ अंकसहित नकआउट चरणमा प्रवेश गरेको हो ।
शुक्रबार बिहान नै भएको खेलमा नेदरल्याण्ड्सले ट्युनिशियालाई ३–१ ले हराएको छ ।
यो जितसँगै नेदरल्याण्ड्स समूह विजेता बनेको छ । तीनवटै खेलमा पराजय भोगेको ट्युनिशिया भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३ ०८:४१
प्रतिक्रिया दिनुहोस्





