नर्वेलाई ४–१ ले हराउदै फ्रान्स समूह बिजेता

काठमाडौं। उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
 
अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह बिजेता बनेको हो ।

फ्रान्सको यो लगातार तेस्रो जित हो । फ्रान्सले यसअघि सेनेगलाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो ।
 
२८ वर्षपछि विश्वकपमा फर्कको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।अब नर्वेले अर्को चरणमा आइभरी कोस्टको सामना गर्नेछ। 
 
खेलमा डेम्बेलेले खेलको पहिलो हाफको ३२औं मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । 

उनले खेलको सातौँ मिनेटमा  गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २०औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
 
खेलको २१औं मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर खेलको ३२औं मिनेटमा डेम्बेलेले  गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए ।
 
खेलको ५०औं मिनेटमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न चुके । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा फ्रान्सका डिजायर डोएले गोल गरेपछि फ्रान्सले नर्बेमाथि ४–१ को जित निकाल्यो ।

आजै भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० गोलअन्तरको पराजित गर्दै जित हासिल गरेको छ ।

यससङै समूह आइमा फ्रान्सले अमेरिकाले नौ अंक बटुलेको छ भने नर्बेको ६ अंक छ । तेस्तै सेनेगलले तीन अंक जोड्दा इराक भने अंकबिहीन रहँदै विश्वकपबाट बाहिरियो ।
 

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update