काठमाडौं। दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गरेको हो ।
क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक बन्यो।
योसँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो ।
क्यानडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो ।
क्यानडा समूह ‘बी’ मा दोस्रो तथा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।
प्रकाशित मिति: सोमबार, असार १५, २०८३ ०६:४७
प्रतिक्रिया दिनुहोस्





