काठमाडौं। जापानलाई हराउँदै ब्राजिल फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई २–१ ले पराजित गरेको हो।
अमेरिकाको ह्युस्टनमा भएको खेलमा ब्राजिलले जापालाई अधिकांश समय दबाबमा राखेको थियो।
पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो ।
जापानका काइसु सानोले खेलको २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औं मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।





