काठमाडौं। इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
एटलान्टा स्टेडियममा भएको राउन्ड अफ– ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।
डीआर कंगोविरूद्धको जितमा कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लिएको थियो ।
खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ७५औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्याण्डलाई बराबरीमा ल्याए भने ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए। हार सङै कंगो बिश्वकपबाट बाहिरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०८३ ०६:५०
प्रतिक्रिया दिनुहोस्





