काठमाडौं । साविक उपविजेता फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान भएको खेलमा पाराग्वेमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै फ्रान्सले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।
फ्रान्सको जितमा खेलमा ७०औं मिनेटमा किलियन एम्बाप्पेले गरेको गोल नै निर्णायक बन्यो ।
यसअघि शनिबारराति भएको खेलमा सहआयोजक क्यानडालाई ३–० ले हराउँदै मोरोक्कोले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
मोरोक्कोको जितमा एजेदिन उन्हाईले २ गोल गरे भने सोफियाने राहिमीले १ गोल गरे । उन्हाईले खेलको ५०औं र ८२औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफको अतिरिक्त समय अर्थात् ९८औं मिनेटमा राहिमीले गोल गरेपछि मोरोक्कोले सहज जित निकाल्यो । अब सेमिफाइनल प्रवेशका लागि मोरोक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।





