काठमाडौं। इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो ।
अर्जेन्टिनाले खेलमा २–० ले पछि परेको अवस्था उल्टाएर ३–२ को जित निकाल्यो।
खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।
खेलको ६७औं मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्याए । त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो।
क्रिस्टियन रोमेरोले खेलको ७९औं मिनेटमा गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए। त्यसको तीन मिनेटपछि नै लियोनेल मेस्सीले बराबरी गोल गरे ।
त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।
अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि स्वीट्जरल्याण्डको सामना गर्नेछ ।





